काठमाडौं । सिन्धुली जिल्लास्थित घ्याङलेख गाउँपालिका–२ मा रहेको नेपाल एसबिआई बैंकको शाखामा नकाबधारी लुटेराको समूहले लुटपाट गरेका छन् ।
आज साँझ ६,७ जनाको समूहमा टाटा सुमोमा गएको नकाबधारी लुटेराको समूहले बैंकका सुरक्षा गार्डलाई पेस्तोल र खुकुरी देखाएर कुटपिट गरेर करोडौ रकम लुटपाट गरेको बताइएको छ ।
बैंक लुटेपश्चात लुटेराको समूह जंगलतर्फ भागेको स्थानीको भनाइ छ ।
सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार बैंक लुटपाटमा संलग्न रहेका व्यक्ति गएको टाटासुमोसहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस विषयमा अनुसन्धान हुनुका साथै बैंकले लुटेर भागेका नकाबधारी समूहको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्