काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नााफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र कर सहित ५.५२ प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीको यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपपछि सेयरधनीले पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्