Skip to content

वाणिज्य बैंकले पाँच महिनामा कमाए करिब पौने २६ अर्ब नाफा, प्रतिस्पर्धामा ग्लोबल र नबिल 

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल २५ अर्ब ७२ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन्। जसमा ग्लोबल आइएमई बैंक र नबिल बैंक अगाडि देखिएका छन्।

पाँच महिनाको अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। यस बैंकले यस अवधिमा ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। त्यसपछि नबिल बैंक दोस्रो स्थानमा रहँदै ३ अर्ब ११ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

नाफा आर्जन गर्ने अन्य बैंकहरूमा प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड ५९ लाख, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड ६८ लाख, एनएमबी बैंकले १ अर्ब ६५ करोड ५८ लाख र कुमारी बैंकले १ अर्ब ५२ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २३ करोड २४ लाख, प्रभु बैंकले १ अर्ब १६ करोड ७४ लाख तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छन्।

त्यसैगरी हिमालयन बैंकको नाफा १ अर्ब १३ करोड १५ लाख, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ९ करोड ६५ लाख र सानिमा बैंकको १ अर्ब ६ करोड २९ लाख रुपैयाँ रहेको छ। सिद्धार्थ बैंकले १ अर्ब १ करोड ७९ लाख रुपैयाँ नाफा कमाउँदा लक्ष्मी सनराइज बैंकले ९२ करोड ६६ लाख र नेपाल एसबीआई बैंकले ९० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

माछापुच्छ्रे बैंकले ८४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशिया बैंकको नाफा ५९ करोड ४५ लाख र नेपाल बैंकको ५९ करोड ५ लाख रुपैयाँ रहेको छ। यस्तै कृषि विकास बैंकले ४१ करोड ७२ लाख र सिटिजन्स बैंकले २४ करोड ३८ लाख रुपैयाँ नाफा कमाएका छन्।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life