Skip to content

नेपाललाई ग्रेलिष्टबाट हटाउन सूचीकृत संस्थाले विवरण र सूचनाको नियम प्रभावकारी बनाउनुपर्ने

nabil bank

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा ग्रेलिष्टमा परेको वर्तमान अवस्थामा सो सूचीबाट बाहिरिन धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्थाहरूले सूचना, विवरण तथा जानकारी प्रवाहसम्बन्धी नियमहरूलाई अझ प्रभावकारी रूपमा परिपालना गर्नुपर्नेमा जोड दिइएको छ ।

सेबोनले गत शुक्रबार नै काठमाडौंमा सूचीकृत सङ्गठित संस्थाका परिपालना अधिकृतहरूका लागि सूचना, विवरण तथा जानकारी प्रवाहसम्बन्धी विषयमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रम बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका विभागीय प्रमुख तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमको प्रारम्भमा बोर्डका निर्देशक अमिर थापाले कार्यक्रमको उद्देश्य र सन्दर्भबारे प्रकाश पारे । त्यसपछि सभापति डा. अधिकारीले सहभागीहरूलाई स्वागत मन्तव्य दिँदै नेपाल हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा ग्रेलिष्टमा रहेको अवस्थामा सो अवस्थाबाट माथि उठ्न सूचीकृत सङ्गठित संस्थाहरूले नियमअनुसार सूचना, विवरण तथा जानकारी समयमै र पारदर्शी रूपमा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

बोर्डबाट आयोजना गरिएको यस्तो प्रशिक्षण कार्यक्रम संस्थाहरूका लागि सहयोगी हुने विश्वाससमेत उनले व्यक्त गरे । कार्यक्रममा बोर्डका निर्देशक हरि प्रसाद भुसालले परिपालना सम्बन्धी कानूनी व्यवस्थाका विषयमा प्रस्तुतीकरण गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life