Skip to content

आज माघे सङ्क्रान्तिका दिन विभिन्न बैंक तथा वित्तीय संस्थाका यी शाखा खुला रहने   

nabil bank
काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।  आज सरकारले सार्वजनिक बिदा दिएको छ । बिदाको दिन विभिन्न बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा खोलेर सेवा दिने भएका छन् ।
विभिन्न बैंक तथा वित्तीय संस्थाले अति आवश्यक कारोबारका लागि बिहान १० बजेदेखि केही बैंकले दिउँसो २ बजेसम्म र केहीले ३ बजेसम्म शाखा खोलेर सेवा दिने जनाएका छन् । बैंक वित्तीय संस्थाले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश (उपत्यका भित्र),  बागमती प्रदेश (उपत्यका बाहिर), गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका विभिन्न शाखा खोलेर सेवा दिने जनाएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life