Skip to content

तीन वाणिज्य बैंक मर्जरमा जान तयार

काठमाडौं । साधारण सभा सम्पन्न गरेको तीन वाणिजय बैंकले मर्जरमा जान तयार देखिएका छन् । नबिल बैंक, प्राइम कमर्सियल बैंक र नेपाल एसबिआई बैंकले आपसमा मर्जर (गाभ्ने–गाभिने) प्रक्रियामा जाने प्रस्ताव साधारण सभाबाट पारित गरेका हुन।

तीनै बैंकले आगामी दिनमा मर्जर तथा एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव पारित गरेका छन् ।

साधारण सभाबाट पारित प्रस्तावअनुसार यी बैंकहरूले आपसमा वा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्ने निर्णय लिँदा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गर्नेछन् । साथै, मर्जर वा प्राप्तिसम्बन्धी सबै कानुनी, प्राविधिक तथा नीतिगत काम अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियार दिइएको छ ।

हाल बैंकिङ क्षेत्रमा लागत घटाउने, पूँजी आधार मजबुत बनाउने तथा सेवा विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले मर्जर र एक्विजिसनलाई प्राथमिकतामा राखिँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima