काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको वर्गिकरणको व्यवस्थामा हेरफेर गरेको छ । राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै कर्जाको वर्गीकरणमा राष्ट्र बैंकको कडाई गर्दै हेरफेर गरेको हो ।
राष्ट्र बैंकले कर्जाको वर्गीकरण र नोक्सानी व्यवस्थामा नयाँ संशोधन गर्दै निष्क्रिय कर्जाको वर्गीकरणमा समयसीमा घटाएको छ। नयाँ निर्देश अनुसार, कमसल, शंकास्पद र खराब वर्गमा वर्गीकृत कर्जामा भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई ३ महिनासम्म नियमित भएपछि मात्र असल वर्गमा स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएको छ।
पहिलेको व्यवस्थाअनुसार निष्क्रिय कर्जामा भाखा नाघेको रकम भुक्तानी भएपछि ६ महिनासम्म सुक्ष्म निगरानी राख्दै ५ प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने र ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्ने व्यवस्था थियो। नयाँ निर्देशले ३ महिनासम्म नियमित हुँदा मात्र असल वर्गमा स्थानान्तरण गर्न सकिने व्यवस्था लागू गरेको छ।
पूर्णपाठ








प्रतिक्रिया दिनुहोस्