Skip to content

सेयर बजारमा हरियाली, ८ अर्ब ४० करोडको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो ।

बजार मापन गर्ने सूचक ३१.१२ अंकले बढेर परिसूचक २६७२.५५ बिन्दु कायम भएको छ ।

३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक बढेको छ । कारोबारमा २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ ।

कारोबारमा चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा सागर डिस्ट्रिलरी, उत्थान सहकार्य लघुवित्त, श्रीनगर एग्रीटेक र गोर्खाज फाइनान्स रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life