Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० शाखा मर्ज गर्ने

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १० वटा शाखा कार्यालय मर्ज हुने भएका छन्। बैंकले २०८३ वैशाख १ गतेदेखि आफ्ना १० शाखा कार्यालयलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत कारोबार सुरु गर्न लागेको हो।

बैंकका अनुसार बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरू समायोजन गरी नजिकका शाखाबाट सेवा प्रदान गरिनेछ।

बागमती प्रदेशमा बागबजार शाखा पुतलीसडकमा, गौशला शाखा बत्तिसपुतलीमा, कपुरधारामा रहेको ठमेल शाखा कपुरधारामै रहेको अर्को शाखामा, पाटन शाखा लगनखेलमा, कुलेश्वरमा रहेको शाखा कालीमाटीमा तथा भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणगढ शाखा वडा नम्बर ३ मा समायोजन गरिने बैंकले जनाएको छ।

यसैगरी मधेश प्रदेशअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको शाखा वडा नम्बर १० मा मर्ज गरिने बैंकले जनाएको छ। कोशी प्रदेशअन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको शाखा वडा नम्बर ७ मा गाभिने छ।

गण्डकी प्रदेशमा पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको बझापाटन शाखा वडा नम्बर १० मा रहेको अमरसिंह शाखामा तथा पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको लेखनाथ शाखा वडा नम्बर २७ मा रहेको तालचोक शाखामा समायोजन हुने भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi