Skip to content

टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल  टेलिकममा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ । सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेको पाइएको छ । सो कार्य कानुनद्वार वर्जित भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।

सिटौलाले हिदुङ  एन्ड थोकर कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय रुपैयाँ पारिश्रमिक लिएको तथा मुनाफाबाट एक करोड १६ लाख दुई हजार पाँच सय चार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफथ गर्ने माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्