काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ६८ हजार ९६७ कित्ता साधारण सेयर निष्कासन गरिसकेको छ ।
१३ हजार ७९३ कित्ता कर्मचारी र ३४ हजार ४८४ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ ।
कम्पनीले अब प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन दिने समय माघ २१ गतेसम्म रहेको छ । उक्त अवधिमा आवेदन नपरेमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।











प्रतिक्रिया दिनुहोस्