Skip to content
Prabhu

बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ । केन्द्रीय बैंकले जेठ महिनामा यस्तो गर्न लागेको यो पाँचौँ पटक हो ।

निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिए पछि केन्द्रीय बैंकले यस्तो गर्न लागेको हो । निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ । अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ ।

केन्द्रीय बैंकले शुक्रबार (भोलि) निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ३५ अर्ब रुपैयाँ खिच्ने लागेको हो । यसका लागि शुक्रबार मध्याह्न १२ बजे बोलकबोल हुने जनाएको छ

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal