काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा बढेको छ । बैंकले प्रतिशत गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनु्सार बैंकको नाफा २५.२५ प्रतिशतले बढेर १ अर्ब १ करोड ११ लाख रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा ८० करोड ७३ रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ ।
बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १०.२२ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ २२ पैसा छ ।
बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा छ ।
१२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ छ ।
पुस मसान्तसम्म बैंकले २ खर्ब ४ अर्ब ४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।








प्रतिक्रिया दिनुहोस्