काठमाडौ । अनरको नयाँ स्मार्टफोन अनर एक्स नाइन डी नेपाली बजारमा सार्वजनिक गरेको छ । यस फोन सार्वजनिक गरेसँगै कम्पनीले विशेष उपहार योजना समेत घोषणा गरेको छ ।
कम्पनीका अनुसार यो फोनको प्रि–बुकिङ गर्ने एक भाग्यमानी ग्राहकले ५८ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘दीपल एस०५’ ईभी जित्ने अवसर पाउनेछन् ।
फोनको प्रि–बुकिङ २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म खुला रहनेछ । फोन बुक गर्ने ग्राहकहरूले १६ हजार रुपैयाँको ‘अनर च्वाइस वाच २ प्रो’निःशुल्क प्राप्त गर्नेछन् ।
प्रि–बुकिङ गर्ने ग्राहकलाई २० हजार रुपैयाँ बराबरको विशेष प्याकेज दिने कम्पनीले जनाएको छ । यस प्याकेजअन्तर्गत एक वर्षसम्म स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट र पानीले पुर्याएको क्षतिको मर्मत सुविधा समावेश गरिएको छ ।
८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्ट भएको फोनको मूल्य ५४ हजार ९९९ रुपैयाँ रहेको छ । यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको फोनको मूल्य ५९ हजार ९९९ रुपैयाँ छ ।
यसमा ८३०० एमएएचको ब्याट्री र १०८ मेगापिक्सेलको हाई रेजोलुसन क्यामेरा रहेको छ । यसमा २.५ मिटरको उचाइबाट खस्दा पनि नफुट्ने ‘ड्रप रेसिस्टेन्स’ क्षमता र धुलो तथा पानी प्रतिरोधी आईपी ६९के रेटिङ रहेको कम्पनीको दाबी छ ।








प्रतिक्रिया दिनुहोस्