काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा ४३.०४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड २३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको छ । जसले गर्दा नाफा घटेको हो । गत पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख २१ हजार रहेको छ ।
यस्तै बैंकको सञ्चालन नाफा घटेको छ । गत आवको दोस्रो त्रैमासमा ४ अर्ब ४ करोड ३३ लाख ७८ हजार रहेकोमा चालु आवको सोही अवधिमा घटेर २ अर्ब ४० करोड २१ लाख २८ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ छ । बैंकले ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्