Skip to content

होटल फरेष्ट इनको आईपीओ माघ २२ बाट खुल्दै

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनी दोस्रो चरणमा सर्वसाधारणमा जान लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर ४० करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीका लागि निष्काशन भइसकेको छ।

अब बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सर्वसाधारणका लागि निष्काशन गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन माघ २६ गतेसम्म खुला रहनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ८ गतेसम्म म्याद थप हुनेछ। कम्पनीले सञ्चालन गरेको होटल आयोजनामा कुल ३ अर्ब ४८ करोड २१ लाख रुपैयाँभन्दा बढी लगानी भएको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.८६ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १५.३३ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सिडिएस एण्ड क्लियरिङ्गको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima