काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले चालु आवको ६ महिनामा १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत थोरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण नाफा घटेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रहेको छ । यस्तै बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ
। गत आवको सोही अवधिमा ३४ करोड ४७ लाख ६५ हजार रहेको थियो । बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख रूपैयाँ रहेको छ । यो पनि १ अर्ब ३३ करोड ७७ लाख बाट घटेको हो ।
बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६८ पैसाले घटेर १७ रुपैयाँ १० पैसा छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा छ । बैंकका खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ ।
१९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ छ । बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।








प्रतिक्रिया दिनुहोस्