Skip to content

हिमालयन बैंकको नाफा १५ प्रतिशतले घट्यो

nabil bank

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा घटेको छ ।

बैंकले पुस मसान्तसम्म १ अर्ब २९ करोड २६ लाख ८१ हजार नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड ८७ लाख ७० हजार थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी समेत १०.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख २७ हजार रहेको छ । यस्तै सञ्चालन नाफा ३ अर्ब १२ करोड ३३ लाख ६९ हजार रुपैयाँबाट १ अर्ब ८५ करोड ३७ लाख ८७ हजार रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज १८ करोड ४६ लाखबाट बढेर १ अर्ब ३ करोड ९२ लाख ७ हजार पुगेको छ । जसले बैंकको नाफा घटेको छ ।

बैंकको वितरणयोग्य नाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेकाे छ । २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ३० करोड ८७ लाख ५५ हजार रहेको छ ।

बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ११.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७४.२३ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life