Skip to content

मुक्तिनाथ विकास बैंकको नाफा ३३ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ६७ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ । जसको कारण बैंकको नाफा पनि बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.१४ प्रतिशत बढेर २ अर्ब ३७ करोड २८ लाख रुपैयाँ पुगको छ । यसैगरी, बैंकको खुद फि तथा कमिशन आम्दानी ९.६१ प्रतिशत घटेर २६ करोड ३४ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । चालु आवको ६ महिनासम्म बैंकको कुल सञ्चालन आम्दानी ७.६१ प्रतिशतले बढेर २ अर्ब ७१ करोड ६३ लाख र सञ्चालन मुनाफा ३५.०२ प्रतिशत बढेर ९७ करोड १ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ३.९८ प्रतिशतबाट घटेर ३.७५ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज ८२ करोड ७१ लाख रुपैयाँबाट घटेर ६१ करोड ६ लाख रुपैयाँमा झरेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ५२ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा रहेको छ।

चालु आवको ६ महिनासम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी पनि गत आवको तुलनामा बढेको छ। पुस मसान्तसम्म बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८० पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३५ पैसा रहेको छ।

बैंकको पुसमसान्तसम्मको चुक्ता पुँजी ८ अर्ब ३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब १० करोड ८३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima