Skip to content

बैंकको खराब कर्जा ५ प्रतिशत माथि पुग्यो, कुनको कति ?

nabil bank
काठमाडौं ।  कर्जा असुली (रिकभरी) प्रक्रियामा बढ्दो समस्या देखिँदै जाँदा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकको एनपीएन औसत ५ प्रतिशत माथि पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४.४९ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा औसत खराब कर्जा ०.५९ प्रतिशत बिन्दुले बढेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंक लिमिटेडको रहेको छ । यस बैंकको यस्तो कर्जा ७.९६ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा गत वर्षको तुलनामा २.९८ प्रतिशत बिन्दुले बढी हो । त्यसपछि प्रभु बैंक लिमिटेडको ७.९४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ७.९० प्रतिशत र एनआईसी एशिया बैंक लिमिटेडको ७.४७ प्रतिशत खराब कर्जा रहेको छ ।
त्यसैगरी कुमारी बैंक लिमिटेडको खराब कर्जा ६.९२ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ६.८६ प्रतिशत, प्राइम कमर्सियल बैंक लिमिटेडको ६.३८ प्रतिशत, लक्ष्मी सनराइज बैंक लिमिटेडको ५.५० प्रतिशत र नेपाल बैंक लिमिटेडको ५.३४ प्रतिशत पुगेको छ ।
यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडको ४.९१ प्रतिशत, कृषि विकास बैंक लिमिटेडको ४.६५ प्रतिशत, एनएमबी बैंकको ४.५६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.३६ प्रतिशत, नबिल बैंक लिमिटेडको ४.२५ प्रतिशत र माछापुच्छ्रे बैंक लिमिटेडको ४.२५ प्रतिशत रहेको छ ।
यस अवधिमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंक लिमिटेडको ०.६८ प्रतिशत रहेको छ । त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको १.८८ प्रतिशत, नेपाल एसबिआई बैंक लिमिटेडको २.६४ प्रतिशत, सानिमा बैंक लिमिटेडको ३.६३ प्रतिशत र सिद्धार्थ बैंक लिमिटेडको ३.४५ प्रतिशत रहेको छ ।
२० बैंकमध्ये ८ बैंकले भने खराब कर्जा घटाउन सफल भएका छन् । चुनौतीपूर्ण रिकभरी वातावरणका बिच केही बैंकले जोखिम व्यवस्थापन सुधार गर्दै खराब कर्जा नियन्त्रणमा राखेका हुन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life