Skip to content

नेशनल लाईफ इन्स्योरेन्सको एक दिने अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रमअन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुको सहभागीता थियो ।

धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको तालिम कार्यक्रममा कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृतिराज कडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाइ व्यावसायिक बनाउने उदेश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा बार्षिक योजना जारी गर्दै आइरहेको बताए ।

उनले अभिकर्ताहरुलाइ उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा,प्रगति र पेशागत उत्कृष्टता को नाराका साथ मासिक योजना मन्थन जारी गरिएक बताए। यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi