Skip to content

सूर्यकुण्ड हाइड्रोको आईपीओ सर्वसाधारणका लागि निष्कासन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको छ ।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमा कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा माघ २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा कुमारी क्यापिटलले जनाएको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima