काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई लक्षित गरी पोखरामा एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सञ्चालन गरिरहेको मासिक योजना ‘मन्थन–२०८२’ अन्तर्गत तोकिएको व्यवसाय पूरा गरी छनोटमा परेका अभिकर्ताहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
गण्डकी प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी र बागमती प्रदेशका केही शाखा कार्यालयमा आबद्ध रही कार्यरत १८५ जना अभिकर्ताहरू पोखरा स्थित होटल मेजेस्टिक लेक फ्रन्टमा आयोजित तालिममा सहभागी भएका थिए । तालिममा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम राजाले प्रशिक्षण दिएका थिए ।
तालिमको क्रममा प्रशिक्षक राजाले एमडीआरटी, सिओटी र टिओटी जस्ता उच्च लक्ष्य प्राप्त गर्न अपनाउन सकिने विभिन्न उपायहरू तथा फरक र प्रभावकारी तरिकाले बजारमा प्रस्तुत हुने सीपबारे प्रशिक्षण दिए ।
कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेलले यस प्रकारका तालिमले अभिकर्ताहरूको मनोबल वृद्धि भई व्यावसायिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । उनले प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता भन्ने नारासहित मासिक योजना मन्थन सञ्चालन गरिएको र यस योजनाअन्तर्गत देशभरका ७०० भन्दा बढी छनोट भएका अभिकर्ताहरूलाई पायक पर्ने विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । साथै, शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल प्रमाणित गर्ने अपेक्षा व्यक्त गरे ।







प्रतिक्रिया दिनुहोस्