Skip to content

स्नो रिभर्स कम्पनीले आईपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । स्नो रिभर्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्तिम स्वीकृति प्रदान गरेको हो। बोर्डले आज, २०८२ माघ १८ गते आइतबार कम्पनीलाई सार्वजनिक शेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न अनुमति दिएको हो।

बोर्डले दिएको स्वीकृति अनुसार स्नो रिभर्सले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ। यसका लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima