Skip to content

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । 

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए। 

पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । काठमाडौंबाट २ सय किलोमिटर टाढा रहेको पोखरा सहर आफैमा प्राकृकितक रुपमा सुन्दर सहर हो । यहाँबाट अन्नपूर्ण बेस क्याम्प, मार्दी ट्रेकलगायत धेरै ट्रेकहरु सुरु हुने गर्छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T