काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।
अब आईपीओमा स्थानीयले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमा १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँको ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गरिएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानियले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा, प्रभु बैंकको बडिगाड शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।











प्रतिक्रिया दिनुहोस्