Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १२.५८ प्रतिशतले घटेर परिसूचक २६८३.१५ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो ।

३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा होटल, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । मगलबार कालिन्चोक दर्शन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life