Skip to content

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई भास्कर आई केयर एण्ड ग्लौकोमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विराटनगर–७,मोरङस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिले अन्तरङ तथा बहिरङ सेवामा ओपीडी सर्जरी, शल्यक्रिया , पावर चस्मा, औषधि खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बीच सेन्टरका संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश प्रमुख व्यापार केन्द्र अधिकृत बद्रीकुमार कटवालले समझदारी पत्रमा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमामा पेस गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमाले स्तरिय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।

प्रभु बैंकका नेपालभर ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T