Skip to content

गत वर्ष ऋणात्मक रहेको सहकारी बैंक सवा ५५ लाख नाफामा

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सहकारी बैंकले ५५ लाख २७ हजार ५१८ रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंक ४५ करोड ९७ लाख ३९ हजार ३५१ रुपैयाँ ऋणात्मक रहेको थियो ।
गत आवको दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक चालु आवको सोही अवधिमा आइपुग्दा नाफामा गएको छ ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४२ करोड २७ लाख ९४ हजार रुपैयाँबाट घटेर १७ करोड ९१ लाख ११ हजार रहेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ६४ लाख ८८ हजारबाट घटेर १ करोड ३० लाख ३ हजार रहेको छ ।

यस्तै बैंकको खुद सञ्चालन आम्दानी गत आवको पुस मसान्तमा २३ करोड १३ लाख ५७ हजार ऋणात्मक थियो । चालु आवको सोही अवधिमा ३४ करोड ५७ लाख ५५ हजार रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ ।

यस्तै सञ्चालन नाफा गत आवको सोही अवधिमा ५६ करोड २५ लाख ६३ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । चालु आवको सोही अवधिमा १ करोड ८३ लाख २२१ हजार सञ्चालन नाफा आर्जन गरेको छ । यसले बैंकको नाफा बढाउन सहयोग पुगेको छ ।

२ अर्ब ९० करोड ४४ लाख ९२ हजार रुपैयाँ सेयर पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड १९ लाख ६० हजार रहेको छ । सेयरधनीलाई बाँडफाँड योग्य पुँजी ३ अर्ब १५ करोड ५६ लाख १७ हजार रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ६५ करोड ७९ लाख ८० हजार रहेको थियो ।

गत आवको पुस मसान्तसम्म १६.३० रुपैयाँ प्रतिसेयर आम्दानी ऋणात्मक रहेको बैंक चालु आवको सोही अवधिमा आईपुग्दा प्रतिसेयर आम्दानी ०.१९ रुपैयाँ रहेको छ । निष्कृय कर्जा १७.१३ प्रतिशतबाट बढेर ३५.७४ प्रतिशत पुगेको छ । संचिती मुनाफा भने ४ अर्ब ५ करोड ८ लाख ३५ हजार ऋणात्मक रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life