Skip to content

मुद्रा कोषसँग गभर्नरको छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को विस्तारित मर्जा सुविधा (इसी) को सातौँ समीक्षा मिसन तथा आर्टिकल आईभी परामर्श टोलीबीच प्रारम्भिक बैठक सम्पन्न भएको छ।

उक्त बैठकमा दक्षिण–पूर्व एशिया भोटिङ समूह (इसीएफ) का कार्यकारी निर्देशक इदवान हाकिम पनि सहभागी थिए।

बैठकका क्रममा मिसनका उद्देश्यहरू, नेपालसँग सम्बन्धित आर्टिकल आईभीका मुख्य विषयहरू तथा आगामी समीक्षा प्रक्रियाको समग्र अवस्थाबारे विस्तृत छलफल भएको छ।

सहभागीहरूले नेपालको वर्तमान आर्थिक अवस्था, नीतिगत प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावित क्षेत्रबारे विचार आदान–प्रदान गरेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima