काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
आज स्वास्थ्य बीमा बारे एक भिडियो सन्देश मार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले सबै नागरिकलाई अनिवार्य बीमाको व्यवस्था गर्ने र राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य बीमाको सहि कार्यान्वयन नहुदा बन्द हुने अवस्थामा पुगेको उनका गुनासो छ । थापाले यसको चुहावट रोक्न र सहित कार्यान्वयन गर्न आफुहरुले योजना बनाइरहेको बताए ।
उनले सबैलाई अनिवार्य बीमा गर्ने, न्यून आय भएकाहरुको प्रिमियम सरकार तिरिदिने, चुहावट रोक्ने तथा रक्सी चुरोटमा अतिरिक्त कर लगायर बीमाको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने बताए ।
थापा २०७३ मा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमाको अवधारणा पहिलो पटका शुरु गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्