Skip to content

घोराई सिमेन्ट नोक्शानमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ करोड ४९ लाख रुपैयाँ नोक्शानमा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को पुससम्म कम्पनीले ६१ करोड ७१ लाख घाटा खाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ३९ लाख ७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीलाई ३३ करोड ६७लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।

चालु वर्षको पुससम्म कम्पनीले उत्पादन बिक्री गरेर २ अर्ब ८ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी १ अर्ब ७३ करोड १९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको आम्दानी २०.१९ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ७० लाख रुपैयाँ र सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.२७ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६.५८ रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life