काठमाडौं । सवारी साधनमा जडान हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालतमा २०७४ फागुन २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीलाई विपक्षी बनाएर रिट दायर भएको थियो ।
तत्कालीन सरकारले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा प्रयोग गर्न सकिने गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्ने निर्णय गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्