Skip to content
Prabhu

एनआईसी एसिया बैंक सीआईटीको ५० हजार कित्ता सेयर लिलामी गर्दै

 

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंंकले योग्य जो–कोही लगानीकर्ताले खरिद गर्न पाउने गरी आज (जेठ १३ गते) देखि सेयर लिलामीमा ल्याएको हो ।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड, एनआईसी एसिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, बुटवल, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २० गतेसम्म रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal