काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमा आज आईपीओ बाँडफाँट गरिएको हो ।
आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत सेयर बाँडफाँट गरिएको छ । जसमा ५७ हजार २४३ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । १ जना आवेदकले थप एक कित्ता हात पारेका छन् । १ जनालाई ११ कित्ता सेयर परेको छ ।
कम्पनीले माघ १८ देखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओमा २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता सेयरका लागि आवेदन दिएका थिए । २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएको छ । बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्