Skip to content

‘बैंकिङ इन योर ह्यान्ड’ अवधारण अनुसार अघि बढ्दै सिटिजन्स बैंक

nabil bank

सिटिजन्स बैंकले डिजिटल बैंकिङमार्फत ग्राहकलाई घरमै बसेर सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

बैंकको “बैंकिङ इन योर ह्यान्ड” अवधारणाअनुसार ग्राहकले मोबाइल एप, इन्टरनेट बैंकिङ, क्यूआर कारोबार, डिजिटल वालेट र कियोस्क सेवा मार्फत खाता खोल्ने, मुद्दती निक्षेप खाता खोल्ने, क्रेडिट कार्डका लागि आवेदन दिने, अनलाइन आईपीओ भर्ने, कर्जाको आवेदन गर्ने, रियल–टाइम कारोबार गर्न सक्ने सुविधा पाएका छन् ।

पहिले मोबाइल बैंकिङ एसएमएसमा आधारित र सीमित सेवा मात्र उपलब्ध थियो । अहिले मोबाइल एप, ओम्नी–च्यानल डिजी बैंक र स्मार्ट बैंकिङ माध्यमबाट फन्ड ट्रान्सफर, भर्चुअल कार्ड प्रयोग, मोबाइल टपअप, टिकट बुकिङ, एटीएममा कार्डबिनै रकम निकाल्ने लगायतका सेवा उपलब्ध छन् ।

डिजी बैंकले सबै बैंकिङ सेवा एउटै माध्यमबाट उपलब्ध गराएर ग्राहकलाई फरक–फरक एप वा माध्यममा जानुपर्ने झन्झट हटाएको छ । यी सबै काममा बैंक कसरी सफल भयो ? आगामी दिनमा बैंकको रणनीति के छ ? बैंकले डिजीटल बैंकिङलाई सुरक्षित बनाउन के गर्दै आईरहेको छ ? लगायतका विषयमा लगानीन्यूजले सिटिजन्स बैंकका चिफ इन्फर्मेशन टेक्नोलोजी अफिसर तथा एसिसटेन्ट चिफ एक्जुकेटिभ अफिसर सन्जय कुमार श्रेष्ठसंग गरेको कुराकानीः

सिटिजन्स बैंकले अहिले डिजिटल बैंकिङमार्फत सेवाग्राहीलाई कसरी सेवा दिइरहेको छ ?

सिटिजन्स इन्टरनेसनल बैंकले ‘बैंकिङ इन योर ह्यान्ड’ अवधारणाअनुसार डिजिटल बैंकिङमार्फत ग्राहकलाई घरमै बसेर अधिकांश बैंकिङ सेवा लिन मिल्ने व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ एप तथा अन्य डिजिटल माध्यमबाट खाता खोल्ने, क्रेडिट कार्डका लागि आवेदन दिने, मुद्दती निक्षेप खाता खोल्ने, अनलाइन आईपीओ भर्ने सि–आस्वाको सेवा, कर्जाको आवेदन, भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने, रियल–टाइम कारोबार गर्ने लगायतका सेवा उपलब्ध छन् । ग्राहकले बैंक जानुपर्ने झन्झट कम भएको छ । दैनिक वित्तीय काम मोबाइलबाटै गर्न सक्ने भएका छन्। बैंकले पछिल्लो समय डिजिटल बैंकिङमा नयाँ–नयाँ सेवा थप्दै गइरहेको छ ।

यस बैंकका ग्राहकले हाल कुन–कुन डिजिटल प्लेटफर्म प्रयोग गरिरहेका छन् ?

बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कारोबार, डिजिटल वालेट, कियोस्क सेवा लगायतका डिजिटल प्लेटफर्म उपलब्ध गराएको छ। ग्राहकले आफ्नै बैंक मात्र नभई अन्य बैंकसँग पनि क्यूआरमार्फत रकम स्थानान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ। अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकबाट रकम निकाल्न वा सेवा लिन सक्ने व्यवस्था छ, जसले एउटै बैंकमार्फत विभिन्न बैंकिङ सेवा प्रयोग गर्न सहज बनाएको छ।

डिजिटल बैंकिङ सुरु हुनु अघि र अहिलेको अवस्थाबीच कस्तो परिवर्तन आएको छ ?

पहिले मोबाइल बैंकिङ एसएमएस आधारित थियो र सीमित सेवा मात्र उपलब्ध थियो । अहिले मोबाइल एपमार्फत फन्ड ट्रान्सफर, कार्डबिनै एटीएमबाट रकम निकाल्ने, अनलाइन ऋण आवेदन, मुद्दती निक्षेप खोल्ने, आईपीओ भर्ने, मोबाइल टपअप, टिकट बुकिङ लगायत सेवा उपलब्ध छन्। फोनपे लगायत तेस्रो पक्षसँग सहकार्य गरेर दैनिक जीवनका धेरै काम मोबाइलबाटै गर्न सकिने भएको छ। यसले ग्राहक संख्या र बैंकप्रतिको विश्वास दुवै बढाएको छ।

स्मार्ट बैंकिङ र डिजी बैंकबीच के फरक छ ? डिजी बैंक किन ल्याइयो ?

स्मार्ट बैंकिङ मूलतः मोबाइल बैंकिङ सेवा हो भने डिजी बैंक ओम्नी–च्यानल प्लेटफर्म हो। डिजी बैंकमार्फत मोबाइल बैंकिङ, कार्ड सेवा, अपरेसन सेवा, वेबसाइट सेवा लगायत बैंकका सबै सुविधा एउटै प्लेटफर्मबाट प्रयोग गर्न सकिन्छ। ग्राहकलाई फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हटाउन र एउटै छातामुनि सम्पूर्ण सेवा दिन डिजी बैंक ल्याइएको हो। कुन सेवा कुन एपमा गएर हेर्ने भन्ने ग्राहकको समस्यालाई समाधान गर्नको लागि डिजी बैंक ल्याइएको हो ।

डिजिटल बैंकिङले लागत र आम्दानीमा कस्तो प्रभाव पारेको छ ?

बैंकका अनुसार डिजिटल सेवा विस्तारको मुख्य उद्देश्य नाफा कमाउनु भन्दा ग्राहकलाई सुविधा दिनु हो। डिजिटल प्लेटफर्म विकास गर्न लगानी र लागत लाग्ने भए पनि यसले ग्राहक अनुभव सुधार गरेको छ। फिनटेक कम्पनी र सेवा प्रदायकसँग सहकार्य गरेर टपअप, टिकट बुकिङ, अनलाइन भुक्तानी जस्ता सेवा दिइन्छ, जसबाट केही कमिसन आउन सक्छ तर प्राथमिकता भने सेवा विस्तार र ग्राहक सुविधा नै हो।

डिजिटल बैंकिङ क्षेत्रमा बैंकले सामना गरिरहेका मुख्य चुनौतीहरू के–के छन् ?

साइबर सुरक्षा जोखिम, प्रविधिको चुनौती, ग्राहकको डिजिटल साक्षरता अभाव, इन्टरनेट समस्या जस्ता चुनौती देखिएका छन्। टेक्निकल चुनौतिको लागि बैंकले फायरवाल लगायत सुरक्षा उपाय अपनाएको छ । तर, यो सँग–सँगै ग्राहक सचेतना अत्यन्त आवश्यक रहेको छ । धेरै ठगी ग्राहकले पासवर्ड वा ओटीपी सेयर गर्दा हुने भएका छन् । यसलाई समाधान गर्न ग्राहक स्वयंम नै सचेत हुनु आवश्यक छ । बैंकले निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। बैंकले साथै राष्ट्र बैंक सरकार लगायतका क्षेत्रले पनि यस्तो खालको चुनौतिको समाधान गर्नको लागि सचेतना कार्यक्रमहरु गरिहेका छन् ।

दुर्गम क्षेत्रमा डिजिटल बैंकिङ कसरी प्रयोग न्युन छ, भन्छिन, यसलाई बढाउनको लागि के गर्न सकिन्छ ?

पछिल्लो केहि वर्ष अगाडी नेपालभर इन्टरनेट विस्तार कम थियो । अहिले बढेको छ । अहिले इन्टरनेट नपुगेको जिल्ला छैन्न । जसको कारण डिजिटल बैंकिङ प्रयोग गर्न सजिलो भएको छ। इन्टरनेट नभए पनि एसएमएस (एसएमएस) आधारित सेवा र अफलाइन क्यूआर भुक्तानी (अफलाईन क्यूआर पेमेन्ट) सुविधा उपलब्ध छ। इन्टरनेट नभए पनि क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

एआई (कृत्रिम बुद्धिमत्ता)ले बैंकिङ क्षेत्रमा ल्याएको अवसर र चुनौती के–के हुन् ?

एआईले टेक्स्ट टु भोइस (टेक्स्ट टू भोइस) च्याटबट, भ्वाइस सेवा, फ्रड पहिचान जस्ता सुविधा दिएको छ। यसले सेवा छिटो र सुरक्षित बनाएको छ। तर गलत जानकारी दिन सक्ने जोखिम, उच्च लागत कष्ट, लगानीको प्रतिफल (आरओई) नआउने सम्भावना र प्रविधि परिपक्व नहुँदा लगानी खेर जाने चुनौती पनि छन्।

अनलाइन ठगी र भर्चुअल कार्ड फ्रड न्यूनीकरण गर्न के गर्न सकिन्छ ?

पासवर्ड वा ओटीपी कसैसँग सेयर नगर्ने, शंकास्पद फोन वा लिंकमा विश्वास नगर्ने, बैंकसँग प्रत्यक्ष पुष्टि गर्ने र ग्राहक साक्षरता बढाउने उपाय आवश्यक छन्। बैंकले भिडियो, एसएमएस, इमेल र सामाजिक सञ्जालमार्फत निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवा दिँदै गर्दा ग्राहकको डेटा सुरक्षित राख्न र साइबर जोखिमबाट जोगाउन कस्ता–कस्ता सेक्युरिटी प्रणाली तथा प्रविधिहरू अपनाएको छ ?

सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवा विस्तारसँगै सेक्युरिटीलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढिरहेको छ। बैंकको उद्देश्य ‘सेवामा सुविधा, सेक्युरिटीमा नो कम्प्रमाइज भन्ने सिद्धान्तमा आधारित छ ।

ग्राहकको व्यक्तिगत तथा वित्तीय डेटा सुरक्षित रहोस् भन्ने हेतुले बैंकले विभिन्न तहमा सुरक्षा प्रणाली लागू गरेको छ। सबैभन्दा पहिले, बैंकले विकास गर्ने हरेक डिजिटल एप्लिकेशन तथा प्रणालीलाई प्रयोगमा ल्याउनु अघि गरेर सम्भावित जोखिम पहिचान र समाधान गर्ने गर्दछ। यसले सिस्टममा कमजोरी नरहोस् भन्ने सुनिश्चित गर्दछ ।

यसैगरी, बैंकले नेटवर्क फायरवाल, एप्लिकेशन फायरवाल तथा सर्भर इन्फ्रास्ट्रक्चर फायरवाल जस्ता बहुस्तरीय सुरक्षा उपाय अपनाएको छ। इन्टरनल र एक्सटर्नल दुवै नेटवर्कमा फरक–फरक किसिमका फायरवाल प्रयोग गरी अनधिकृत पहुँच रोक्ने व्यवस्था गरिएको छ। इमेलमार्फत हुने साइबर आक्रमण रोक्न इमेल सेक्युरिटी प्रणाली पनि प्रयोग गरिएको छ ।

ग्राहकको खातामा सुरक्षित पहुँच सुनिश्चित गर्न टू–फ्याक्टर अथेन्टिकेसन पिन–आधारित सुरक्षा, ओटीपी, फेस रिकग्निशन तथा बायोमेट्रिक जस्ता आधुनिक प्रविधिहरू प्रयोगमा ल्याइएको छ। यी सबै सुरक्षा उपायहरूलाई आईटी सेक्युरिटी फ्रेमवर्क अन्तर्गत व्यवस्थित रूपमा सञ्चालन गर्दै बैंकले डिजिटल सेवा प्रदान गरिरहेको छ। यसरी सिटिजन्स बैंकले डिजिटल सुविधा र सुरक्षा दुवैलाई समानान्तर रूपमा अघि बढाउँदै ग्राहकको डेटा पूर्ण रूपमा सुरक्षित राख्ने प्रयास गरिरहेको छ ।

सिटिजन्स इन्टरनेसनल बैंक डिजिटल बैंकका रूपमा अघि बढ्दै ग्राहकलाई ‘बैंकिङ इन योर ह्यान्ड’ सेवा प्रदान गरिरहेको छ। डेटा सुरक्षा, २४ घण्टा सेवा र नयाँ डिजिटल सुविधा विस्तारमा बैंक प्रतिबद्ध रहेको छ र ग्राहकको विश्वासलाई प्राथमिकता दिँदै अझ सहज र सुरक्षित बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi