Skip to content

मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

nabil bank

काठमाडौं । स्कोडाले कायलाकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनांग, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ ।

ठाडो उकालो–ओरालो, बिग्रेभत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरूबीच कठिन मार्गका रूपमा चिनिन्छन् । कायलाकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयुभी नेपाली सडकका दैनिक चुनौतीका लागि तयार रहेको जनाएको छ ।

उच्च हिमाली भेगका यस्ता धेरै मार्गहरू यात्रा सुरु गर्नुअघि नै चुनौतीपूर्ण मानिन्छन् । लामो उकालो, खुकुलो सतह र अनिश्चित सडक अवस्थाका कारण धेरै सवारीसाधन सहज रूपमा गन्तव्यसम्म पुग्न संघर्ष गर्छन् ।

कहिलेकाहीँ चालकहरूलाई बीच बाटोमै फर्किनु पर्ने वा वैकल्पिक यातायात रोज्नुपर्ने अवस्था पनि आउँछ। तर स्कोडा नेपालले गरेको परीक्षणमा कायलाकले बलियो पावर डेलिभरी र भरपर्दो ट्र्याक्सनका कारण कठिन उकालोहरू स्थिर र विश्वसनीय तरिकाले पार गरेको देखायो जुन अन्यका लागि सहज हुँदैन ।

तर यी सडकहरूको चुनौती केवल भौतिक मात्र होइन, भावनात्मक पनि हो । मनांगमा उचाइ बढ्दै जाँदा हिमालको शान्त वातावरणबीच प्रत्येक स्थिर उकालो चढाइले आत्मविश्वास दिलाएको थियो । ढोरपाटनका चिसा र एकान्त सडकमा बिना संघर्ष सहज रूपमा इन्जिन स्टार्ट हुनु आफैंमा सान्त्वनाको अनुभूति थियो ।

कुहिरोले ढाकिएको तीनजुरेमा अगाडिको बाटो धमिलो हुँदा पनि स्थिर नियन्त्रणले हिचकिचाहटलाई आत्मविश्वासमा रूपान्तरण गर्यो । यी केवल कठिन सडक पार गर्ने यात्राहरू मात्र थिएनन्, अनिश्चिततालाई विश्वासमा बदल्ने अनुभवहरू पनि थिए ।

यी परीक्षणहरूले कायलाक नेपालको विविधतायुक्त सडक वातावरणका लागि उपयुक्त रहेको पुष्टि गरेको छ । स्कोडाको युरोपेली इन्जिनियरिङ आधारमा निर्मित यस एसयुभीले स्थिर ह्यान्डलिङ, मजबुत ग्रिप र अचानक बदलिने सडक अवस्थामा समेत निरन्तर प्रदर्शन प्रदान गर्दछ। यसले कायलाक केवल सहरका लागि मात्र होइन, नेपालको पहाड र राजमार्गका लागि पनि तयार गरिएको एसयुभी भएको सन्देश दिएकोे छ ।

विशेषगरी कायलाकको अटोमेटिक भेरियन्टमा प्रयोग गरिएको “रियल अटोमेटिक” भनिने टर्क कन्भर्टर प्रणाली स्मूथनेस, टिकाउपन र विश्वसनीयताका लागि परिचित छ । बिना झट्का सहज रूपमा गियर परिवर्तन हुने भएकाले यसले सहरको ट्राफिकमा आरामदायी अनुभव दिन्छ भने राजमार्ग र ठाडो उकालोमा पनि स्थिर एक्सेलेरेशन र आत्मविश्वासी प्रदर्शन सुनिश्चित गर्दछ ।

“पावर फर द पिक्स” ट्यागलाइन सहित प्रस्तुत स्कोडा कायलाक नेपालको अनिश्चित र चुनौतीपूर्ण सडककै लागि तयार अटोमेटिक एसयुभीको रूपमा उभिएको छ। मनांग, ढोरपाटन र तीनजुरेमा प्रमाणित प्रदर्शनसँगै नेपाली ग्राहकबीच यसको प्रतीक्षा र विश्वास झन् बलियो बन्दै गएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi