Skip to content

बैंकको ब्याजदर घट्दा बीमा कम्पनीको आकर्षण सेयर बजार, लगानी ६४.५४ प्रतिशतले बढाए, कुनको कति ?

nabil bank

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा आक्रमक रुपमा लगानी बढाएका छन् । लामो समयदेखि बैंकको ब्याजदर घटेपछि जीवन बीमा कम्पनीहरुले लगानी सेयर बजारमा बढाउन थालेका छन् ।

अहिले बैंकको ब्याजदर घट्नुका साथै बैंकहरुले मुद्दति निक्षेपमा लगानी समेत लिन आनाकानी गरिरहेका छन् । संस्थागत ब्याजदर घटेर करिब ३ प्रतिशत भन्दा तल रहेको छ ।

बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कमध्ये अधिकांश रकम बैंकको मुद्दति निक्षेपमा राख्ने गर्छन । जसले गर्दा बीमितको बीमा अवधि सकिएपछि दाबी भुक्तानीमा सहज हुने गर्छ । त्यही भएर बैंकहरुले अधिकाश रकम बैकको मुद्दतिमा राख्ने गरेका थिए । अहिले ब्याजदर घटेपछि जीवन बीमा कम्पनीले लगानी सेयर बजारमा सिफ्ट गरेका छन् ।

अहिले बीमा कम्पनीहरुले बन्द र खुला मुखी प्रकृतिका सामूहिक लगानी कोष निष्कासन गरेर विभिन्न कम्पनीमा समेत लगानी गर्ने गरेका छन् ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा १३ जीवन बीमा कम्पनीले सेयर बजारमा गरेको लगानी ६४.५४ प्रतिशतले बढेर ४२ अर्ब ४० करोड ३१ लाख रुपैयाँ रहेको पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीहरुले २५ अर्ब ७७ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

सञ्चालनमा रहेका १४ बीमा कम्पनीमध्ये मेट लाइफ इन्स्योरेन्सले सेयर बजारमा लगानी गरेको छैन । यस्तै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले सेयर बजारमा गर्ने लगानी ७३.०७ प्रतिशतले घटेर ५८ करोड १५ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा सेयर बजारमा सबैभन्दा बढी लगानी हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७०.१६ प्रतिशतले धेरै हो ।

यस्तै नेपाल लाइफले सूचीकृत कम्पनीमा गरेको लगानी ७२.२३ प्रतिशतले बढेर ६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

यस्तै सुर्यज्योति लाइफले सेयर बजारमा गरेको लगानी १००.२३ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड १४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर बजारमा गरेको लगानी ३८.२५ बढेर ३ अर्ब ११ करोड ६२ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ७९.३७ प्रतिशतले बढेर २ अर्ब ५६ करोड २६ लाख, रिलायबल नेपाल लाइफको ७७.७५ प्रतिशतले बढेर २ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सूचीकृत सेयरमा गर्ने लगानी ९५.९१ प्रतिशतले बढेर २ अर्ब १ करोड ४२ लाख, सानिमा रिलायन्स लाइफले १७५.१९ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४६ लाख, नेशनल लाइफ इन्स्योरेन्सकोे १२६.०४ प्रतिशतले बढेर १ अर्ब ७६ करोड १५ लाख, सन नेपाल लाइफको ५०.०८ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ५३ लाख, सिटिजन लाइफको ८६.७८ प्रतिशतले बढेर १ अर्ब ६० करोड ८७ लाख, एशियन लाइफको ७३.८५ प्रतिशतले बढेर १ अर्ब २० करोड ३९ लाख रुपैयाँ रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi