काठमाडौं । आइतबार प्रि– ओपन सेसनमा सेयर बजार घटेको छ। आइतबारको यस सेसनमा सेयर बजार मापक नेप्से परिसूचक १.४८ अंकले घटेर २६४०.६६ बिन्दुमा झरेको छ ।
आइतबार प्रि–ओपन सेसनमा ४६ कम्पनीको ९७ पटकको कारोबारमा ३ करोड ४० लाख ७८ हजार ३३ रुपैयाँ ६० पैसाबराबरको ५१ हजार ९१४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीको मूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ। बाँकी ११ कम्पनीको मूल्य भने यस सेसनमा स्थिर रहेको छ।












प्रतिक्रिया दिनुहोस्