Skip to content

राष्ट्र बैंकले ८७ दिनको लागि बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप प्रशोचन गर्दै 

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न  निक्षेप प्रशोचन  गर्न लागेको हो ।
राष्ट्र बैंकले ८७ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । राष्ट्र बैंकले विभिन्न विशेषता एवं सर्तहरू कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते हुने बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi