काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
जसमा प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ७० लाख रुपैयाँको ४ लाख ७० हजार कित्ता निष्कासन निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा–७ र ८ का स्थानिय बासिन्दाहरुमा छुटयाएको छ ।
यस्तै थप ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–२ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ का बासिन्दाका लागि बाँडफाँट गरिनेछ । त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका– २ र गोकुलगंगा गाउँपालिका– १ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयर मध्येबाट १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँको ९४ हजार कित्ता साधारण सेयर विदेश रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा ४७ हजार कित्तासम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुससार आवेदन नपरेमा चैत १० गतेसम्म आवेदन दिन सक्नेन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । स्थानियले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्