काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० बिन्दुमा झरेको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ।
मंगलबार नेप्से सूचक उत्साहजनक देखिएको भएता पनि कारोबार रकमभने घटेको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँबराबरको ९३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ। यसैगरी, आज विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सालपा विकास बैंकको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज यस बैंकको सेयरमूल्य ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यसेगरी, आज रिलायन्स स्पिनिङ्ग मिल्स र हिमालयन पावर पार्टनरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढको छ ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज आँखु खोला जलविद्युत कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया दिनुहोस्