Skip to content
Prabhu

तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध

 

काठमाडौं । सोमबार बिहानदेखि तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ। दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा आज बिहानदेखि अवरूद्ध भएको छ।

दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ। घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकम भैरहवाले जनाएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal