काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १९.२७ अंक बढेर २६७४.२० विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक बढेको छ।
आज सेयर बजारसंगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। यसैगरी, वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ। आज दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ३६ करोड ५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।











प्रतिक्रिया दिनुहोस्