Skip to content
Prabhu

छिमेक लघुवित्तको १७ हजार कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १७ हजार ५ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सो कम्पनीकोे सेयर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको एक सूचनामार्फत जानकारी दिएको छ ।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६ सय रुपैयाँ तोकेको छ । सेयर खरिदको लागि इच्छुक जो कोहि व्यक्ति, कम्पनी वा संघ–संस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal