Skip to content
Prabhu

सोमबार सामान्य अंकले बढ्यो सेयर बजार परिसूचक, कारोबार रकम ३ अर्ब बढी

 

काठमाडौं । सेयर बजार परिसूचक सोमबार सामान्य अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको सेयर बजार परिसूचक आज २ दशमलव २६ अंकले बढेको हो ।

नयाँ बजेट कस्तो आउछ भन्ने प्रतिक्षामा रहेका लगानी कर्ताहरु अहिले पर्ख र हेरको नीतिमा रहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत कहि खुकुलो बनाएपछि १८०० बाट २१ विन्दुमा पुगेको सेयर बजार सोमबार २ दशमलव २६ अंकले बढेर २१११ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज कारोबार भएका कम्पनी मध्ये १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

परिसूचक सँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार सेयर बजारमा ३१७ कम्पनीका ९३ लाख ३० हजार २९५ कित्ता सेयर ५८ हजार ४८३ पटक खरिद बिक्री भएका छन् । जसबाट ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने सामान्य अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८४ अंकले घटेर ३७८ दशमलव ३८ विन्दुमा पुगेको छ ।

सोमबारको कारोबार बन्द हुँदा १२ उपसमूह मध्ये १० उपसमूहको सेयर मूल्य बढेको छ भने ३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । आज सबैभन्दा बढी लगानी उपसमूहको सेयर १.८० प्रतिशतले बढेका छ । त्यस्तै सबैभन्दा बढी घटेको बैंकिङ समूहको परिसूचक ०.७४ प्रतिशतले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal