Skip to content
Prabhu

मुक्तिनाथ कृषि र नेपाल वेयरहाउसिङ कम्पनीको सेयर मूल्यमा सकारात्म सर्किट

 

काठमाडौं । सेयर बजार कारोबार हुने साताको दोस्रो दिनको कारोबार बन्द हुँदा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबार बन्द हुँदा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सोमबारको कारोबार बन्द हुँदा २ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको हो । आजको कारोबार बन्द हुँदा मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् ८६ रुपैयाँ ८० पैसा बढेर ९५५ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात ७२ रुपैयाँले बढेको वेयरहाउसिङ कम्पनीको सेयर मूल्य ७९२ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal