Skip to content
Prabhu

महालक्ष्मी विकास बैंकद्वारा उपमहानगर र आश्रमलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको नारायणगढ शाखाले तनहुँमा अवस्थित गलेश्वर आश्रमलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्धेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर, आर्थिक अभावका कारण मन्दिर प्रांगणमा नेपाली ढुंगा बिच्छाउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । बैंकको वाग्मती प्रदेश ‘ख’ प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, बैंकले धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषलाई नगद सहयोग गरेको छ । कोषलाई १ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाइ छोड्न नपरोस् भनेर कोष स्थापना गरिएको उपमहानगरले जनाएको छ । कोषमार्फत विपन्न परिवारका बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्दै आइरहेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोग प्रदान गरिएको हो । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस– २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाइ वितरण गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब २५ सय श्रद्धालु भक्तजनलाई शुद्ध पिउने पानी तथा मिठाइ वितरण गरिएको थियो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal