Skip to content

धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई तिरायो १ करोड १० लाख जरिवाना, कुनलाई कति ?

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई १ करोड १० लाख रुपैयाँ जरिवाना तिराएको छ ।

सेबोनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ को दफ ७ (क) को उपदफा ४ को खण्ड (घ) र दफा ७ (ग) को व्यवस्था उल्लंघन गरेको पाइएपछि उक्त रकम जरिवाना गरेको हो ।

सेबोनले सिप्ला सेक्युरिटिजलाई ५० लाख, श्री कृष्ण सेक्युरिटिजलाई ३० लाख र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रकम जरिवाना गरेको हो ।

सेबोनका अनुसार सिप्लालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फ को उपदफ १ को खण्ड (ख) बमोजिम ५० लाख रुपैयाँ जरिवाना गरेको हो ।

यस्तै श्री कृष्ण सेक्युरिटिजलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फ को उपदफ १ को खण्ड (ख) बमोजिम ३० लाख रुपैयाँ जरिवाना गरेको हो भने हातेमालो फाइनान्सियल सर्भिसेजलाई पनि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फ को उपदफ १ को खण्ड (ख) बमोजिम ३० लाख रुपैयाँ जरिवाना गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi