काठमाडौं । चालु आर्थिक वर्षको सात महिनासम्म आउँदा रेमिट्यान्स आप्रवाहमा उल्लेखिय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार यस्तो रेमिट्यान्स सात महिनामा ३९.८ प्रतिशत बढेको हो ।
आर्थिक वर्ष २०८२÷८३ को सात महिनासम्म रेमिट्यान्स १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा विप्रेषण आप्रवाहमा १९८ अर्ब ८ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १३७ अर्ब ५० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १३८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९८६ अर्ब ३४ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षसम्म आउँदा विदेश जाने श्रमिकको संख्यामा पनि सुधार देखिएको छ ।











प्रतिक्रिया दिनुहोस्